पहलमानपुर, ३१ बैशाख ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १२ को मतगणना अहिले भैरहेको छ । सो वडाको हाल सम्म गणना भएको चार सय मतको परिणाम अनुसार नेकपा (माओवादी केन्द्र) धेरै पछाडि देखिएको छ ।
सुरुवाती चरण देखि नै नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार रामदुलारे चौधरी अगाडि देखिएका छन् । उनका निकटम प्रतिस्पर्धीमा नेकपा एमालेका खडक चौधरी छन् ।
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देशराज चौधरी हाल सम्मको मतपरिणाम अनुसार चौथो नम्बरमा देखिएका छन् तर सोहि पार्टीका बागी उम्मेरदवार पुर्ब वडाअध्यक्ष पर्नाकुमार चौधरी भने तेस्रो नम्बरमा देखिएका छन् ।
सो पार्टीले २०७४ सालको निर्बाचनमा प्रथम स्थान हाँसिल गरेको भएपनि यस बर्षको निर्बाचनमा प्रतिस्पर्धामा समेत नदेखिएको हो । यसले लालकिलाको रुपमा मानिएको घोडाघोडी नगरपालिका वडा नं. १२ मा माओवादी केन्द्रको हारके संकेत देखिन थालिएको अनुमान गरिन थालिएको छ ।
हाल सम्म भएको चार सय मतगणनाको परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारले ७०, नेपाली काँग्रेसका उम्मेदवार १ सय ६१, माओवादी केन्द्रका उम्मेदवार ३८, राष्ट्रिय प्र्रजातन्त्रका उम्मेदवार १६, नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार २९ र स्वतन्त्र उम्मेदवार ५९ मत प्राप्त गरेका छन् ।
