Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडी महोत्सव आजबाट सुरु

0 50

कैलाली, १८ फागुन ।। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा घोडाघोडी महोत्सव २०७९ सुरु भएको छ । “कला सांस्कृतिक कृषि, पर्यटन र व्यापार ,समृद्ध घोडाघोडी विकासको आधार” भन्ने नाराका साथ सुखडको हेलि प्याडमा महोत्सव सुरु भएको हो । घोडाघोडी उद्योग वाणिज्य सङ्घको आयोजनामा आज बाट महोत्सव सुरु भएको हो ।

घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अध्यक्ष दुर्गा दत्त जोशीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि कैलाली निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य गङ्गा राम चौधरीले महोत्सव उद्घाटन गरेका थिए । महोत्सव उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य खुसीराम चौधरी ‘भिमसेन’, उप प्रमुख गुलिया कुमारी चौधरी, नगर प्रवक्ता घनश्याम ओझा, यस क्षेत्रका बैङ्कका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

विश्व रामसार सूचिमा पर्न सफल पर्यटकीय क्षेत्रका रुपमा रहेको घोडाघोडी तालको प्रचारप्रसार गर्न, उद्योग वाणिज्य सङ्घको भवन निर्माणका साथै यस क्षेत्रको सामाजिक विकासमा सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरीएको छ । महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।

महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने बताईएको छ । आज बाट सुरु भएको महोत्सव फागुन २८ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । १० दिन सम्म सञ्चालन गरिने महोत्सवमा करिब २५/३० लाख खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान गरिएको आयोजकको दाबी छ ।

1677057573
School
टिप्पणीहरू
Loading...