Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडी बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रेम सहकारी विजयी 

0 37

कैलाली, ६ चैत।। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) का उम्मेदवार प्रेम बहादुर सहकारी विजयी भएका छन् । सभापतिका उम्मेदवार सहकारीले ४९८ मत ल्याएर विजयी भएका हुन् भने स्वतन्त्र उम्मेदवार विनोद चौधरीले २६७ मत ल्याएका छन् ।

सचिवमा अनेरास्ववियू(एस)का उम्मेदवार हुकुम आचार्यले ४९८ ल्याएर विजयी भएका छन् भने स्वतन्त्र उम्मेदवार पुष्प रिजालले २५३ मत ल्याएका छन् । त्यस्तै कोषाध्यक्षमा नेपाल विद्यार्थी सङ्घ कि उम्मेदवार हेलन विनाडीले ६०२ मत ल्याएर विजय भएकी छिन भने अनेरास्ववियू (एस) कि मनीषा खनालले ३८१ ल्याएकी छन् ।

यस्तै सदस्यहरूमा नेविसंघकी स्मृति चौधरी ४६७, अञ्जली चौधरी ४९०, वासुदेव ढकाल ५५६, अनेरास्ववियुकी इन्दु कुमारी बोहरा ६५४, अनेरास्ववियु(क्रान्तिकारी) की रिमा चौधरी ४८६, अमिसा चौधरी ४७५ र उपेन्द्र प्रसाद शर्मा ४८१ मत ल्याएर विजयी भएका छन् । क्याम्पसमा जम्मा विद्यार्थी २२४७ जना रहेकोमा १३९६ मत खसेको थियो ।

अन्तिम नतिजाको विवरण हेर्नुहोस् :

336724648 3123665491272938 7730866441599798085 n
336721820 2167257290141071 2776643793482157067 n
School
टिप्पणीहरू
Loading...