Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्षमा सापकोटा निर्वाचित

0 69

पहलमानपुर, २५ श्रावण ।। कैलालीको घोडाघोडी बहुमुखि क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार छविलाल तिवारीलाई हराउँदै सापकोटा निर्वाचित भएका हुन् ।

तिवारी कांग्रेसबाट उम्मेदवार बन्दा सापकोटालाई कांग्रेस इतरका सबै दलले समर्थन गरेका थिए । तिवारीलाई ६६ मतान्तरले पराजित गरेको सापकोटा घोडाघोडी अस्पतालका पनि अध्यक्ष हुन् । तिवारीले १६८ मत पाउँदा सापकोटाले २३४ मत पाएका थिए ।

उपाध्यक्ष तर्फ पनि सापकोटा प्यानलका यज्ञराज बिनाडी निर्वाचित भए । उनले १८९ मत ल्याए । उनीसँग पराजित भएका भानुभक्त आचार्यले १६० मत पाएका थिए । सदस्य तर्फ भने मिश्रित परिणाम आएको छ । सापकोटा प्यानलबाट महिला सदस्यमा नारायणी गौतम र खुल्लाबाट दुर्गा सापकोटा निर्वाचित भए ।

तिवारी प्यानलबाट आयुष जोशी र नारायण आचार्य निर्वाचित भएका थिए । सदस्य तर्फ आचार्यले सबै भन्दा धेरै मत पाएका थिए । २१ गते घोडाघोडी बहुमुखि क्याम्पसको साधारण सभा भएको थियो । आज निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
४५८ मत मध्य ४०४ मत खसेको थियो ।

School
टिप्पणीहरू
Loading...