पहलमानपुर, २७ जेठ ।। कैलालीको घोडाघोडी नगरपालिकाले ऐलानी, प्रति जग्गा खरिद बिक्रिमा रोक लगाएको छ ।
नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगरभित्र बसोबास गरिहेका अव्यवस्थित बासीहरुले आफूले भोगचलन गरेको जग्गा नबेच्न अनुरोध गरेको हो ।
नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत कैलास कुमार रावतद्धारा जारी सूचनामा अव्यवस्थित बसोबासीले भोगचलन गरेको जग्गाको नेपाल सरकार राष्ट्रिय भूमि आयोगको नगर एकाइ कार्यालयबाट लगत संकलन गरिसकिएकाले उक्त जग्गा खरिद बिक्री नगर्न अनुरोध गरिएको छ ।

