Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडी नगरपालिकामा हतियार सहित प्रवेश गरेका विरुद्ध मुद्दा दर्ता, कडा कारबाही गर्न राजनैतिक दलहरूको माग 

0 198

कैलाली, २३ असार ।। कैलालीको घोडाघोडी नगरपालिकामा धारिलो हतियार सहित प्रवेश गरेका तीन जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । नगरपालिकाको कार्यालयमा घुसेर धम्की दिने तीन युवक विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

प्रहरीका अनुसार घरेलु हतियार सहित नगरपालिकाको कार्यालयमा प्रवेश गरेका सोही ठाउँका वडा नम्बर २ साँडेपानीका ३६ वर्षीय वीरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाई हिजै समातिएका थिए ।

पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक हितविरुद्ध अन्तरगतको अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले दिएको छ । उनीहरू रिफ्रेस सेन्टर निमार्णको भुक्तानी माग गर्दै नगरपालिकाको कार्यालय भित्र हतियार सहित प्रवेश गरेका थिए ।

कडा कारबाही गर्न राजनैतिक दलहरूको माग 

कैलालीको घोडाघोडी नगरपालिकामा हतियार सहित प्रवेश गरेकाहरूलाई कडा कारबाही गर्न सात राजनैतिक दलले माग गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले घटनामा संलग्न रहेकाहरूलाई कारबाही गरेर कर्मचारीहरूलाई काम गर्ने वातावरण सृजना गर्न पनि माग गरेका छन् ।

एमाले, काँग्रेस, माओवादी, नेकपा एस, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् । कर्मचारीलाई हतोत्साहित नहुन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

7parti ghodaghodi

के भएको थियो घट्ना ?

घोडाघोडी नगरपालिकाको बैठक चलिरहेको थियो । अचानक बैठक चलिरहेको समयमा ३ जना सोहि नगरपालिका वडा नं. २ का युवाहरु धारिलो हतियार सहित नगरपालिका कार्यालय प्रबेश गरे ।

कार्यालयमा नियमित काममा खटिएका कर्मचारीहरु ति युवाहरुको हातमा धारिलो हतियार देखेपछि कर्मचारीहरुको भागा भाग भएको थियो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीको भनाई अनुसार साँडेपानीमा निर्माण भइरहेको रिफ्रेस सेन्टरको विषयमा विवाद भएपछि उनिहरु नगरपालिकाको कार्यालय भित्र प्रवेश गरेका थिए ।

‘साँडेपानीमा निर्माण भइरहेको रिफ्रेस सेन्टर साँडेपानी कै स्थानीय एक समूह त्यही बन्नु पर्ने र अर्को समुह बन्नु हुँदैन भन्ने गरेको र सोसी विवाद चर्किएपछि एक समुह नगरपालिका नै उडाई दिने र नगरपालिकाका कर्मचारीहरूलाई काटी दिन्छु भन्दै नगरपालिकाको कार्यालय प्रवेश गरेका हुन्,’ उनले भने ।

मासु काट्ने हतियार र छुरा सहित नगरपालिका प्रवेश पश्चात मोटरसाईकलमा भाग्दै गर्दा उनिहरुलाई ईलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरि प्रक्रिया अघि बढाएको हो ।

School
टिप्पणीहरू
Loading...