Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडी उद्याेग वाणिज्य संघमा मेरो उम्मेदवारी कायम छ : मनोज सुनार

0 122

कैलाली, २८ भदाैं ।। घाेडाघाेडी उद्योग वाणिज्य संघको भदौ २९ गते हुन गइरहेको निर्बाचनमा उद्योग तर्फको उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएको खबर सत्य नभएको एक प्रेस बिज्ञप्ति जारी गर्दै मनोज सुनारले खण्डन गरेका छन ।

केही ब्यक्तिहरुले मलाइ प्रतिकुल अवस्था सिर्जना गरि डर,धाक,धम्की देखाएर उम्मेदवारी फिर्ता गरेको र आफ्ना प्रत्यासी आशिष मल्ललाइ समर्थन गरेको खबर भ्रामक रहेको भन्दै सुनारले प्रेस बिज्ञप्ति जारी गरेका हुन ।FB IMG 1663080846244
उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ आफू अध्यक्ष पदका उम्मेदवार नन्दराम सापकोटाको प्यानलमा रहेको र आफुसहित अध्यक्ष पदका उम्मेदवार नन्दराम सापकोटा र सचिब पदका उम्मेदवार धन बहादुर बडुवाललाइ मत दिई बिजयी गराइदिनहुन अनुरोध गरिन्छ ।

School
टिप्पणीहरू
Loading...