Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडीमा तरकारी उद्यमीहरूलाई आत्म निर्भर बनाउन कृषि सामाग्री हस्तान्तरण

0 59

कैलाली, १३ श्रावण ।। कैलालीको घोडाघोडी नगरपालिकाका तरकारी उद्यमीहरूलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, यु.एन.डिपी.र सेवक नेपालको संयुक्त साझेदारीमा सञ्चालित हरित उत्थानशीलता तथा समावेशी कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत तरकारी गर्ने उद्यमीलाई कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।

वडा नम्बर १, ३, ४, ८ र ९ का तरकारी खेती गर्ने ५० जना उद्यमीहरूलाई एक कार्यक्रमका बिच उनीहरूलाई कृषि सामाग्री हस्तान्तरण गरिएको हो । कृषि सामाग्री हस्तान्तर गर्दे नगर प्रमुख खडक बहादुर रावतले किसानहरूको लागतलाई कसरी घटाउन सकिन्छ भनेर सामाग्री हस्तान्तर गरिएको उनले बताए । निर्वाहमुखी नभएर व्यवसायी ढङ्गले आफ्नो उत्पादन क्षेत्र बढाउन किसानलाई उनले आग्रह गरेका छन् । आफ्नो पेसालाई ईमान्दार पूर्वक  काम गर्न र दिएका कृषि सामाग्रीको सही प्रयोग सदुपयोग गरेको खण्डमा गरिबीको अन्त्य गर्न सकिने उनको धारण थियो । दिएका सामाग्रीको उच्चतम तरीकाले प्रयोग गर्न सके आर्थिक समृद्धि चाडै हासिल गर्न सकिने नगर प्रमुख रावतको भनाई थियो ।

यस क्षेत्रका किसानलाई कसरी आर्थिक समृद्धि बनाउन सकिन्छ भनेर लागी परेको नगरपालिकाले जनाएको छ । जुन उद्देश्यका साथ सामाग्री हस्तान्तरण गरिएको छ त्यसै अनुसार काम गर्न उनीहरूलाई घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम ओझाले आग्रह गरेका छन् । सामाग्रीको सदुपयोग भयो भएन भनेर समय समयमा अनुगमन गरिने उनले बताए । कृषि सामाग्री पाए पछि उनीहरू खुसी देखिएका छन् । सामान्य तरकारी खेती गरी रहेका उनीहरू कृषि सामाग्री पाउँदा खुसी भएका थिए । दिएको सामाग्रीको सदुपयोग गर्ने उनीहरूले बताएका छन् ।

वडाको छनोटको आधारमा दलित, विपन्न वर्ग, जनजाति र सीमान्तकृत समुदायलाई कृषि सामाग्री हस्तान्तरण गरिएको सेवक नेपालका परियोजना संयोजक इन्द्र राज जोशीले बताए । उनीहरूलाई हजारी, नरिवलको डोरी, गार्डेन पाइप, स्पीरे ट्याङ्की, एग्रोनेट, सिल पाउलिन प्लास्टिक लगायत विभिन्न कृषि सामाग्री हस्तान्तरण गरिएको थियो ।

School
टिप्पणीहरू
Loading...