घोडाघोडीको एक पसलमा आगलागी हुँदा लाखौं को क्षति
कैलाली, २१ मंसिर ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका_ ४ सिमथरी चोकमा रहेको एक पसलमा राती आगलागी हुँदा लाखौं को क्षति भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका-४ सिमाथरी चिक को उक्त पसलमा आग लगी हुँदा पसल पूर्ण रुपमा नष्ट भएको छ । चोकमा विगत केही वर्ष देखि किराना तथा नास्ता पसल संचालन गर्दै आइ रहेका चक्र बहादुर बुढाको पसलमा आगलागी भएको हो ।
पसलमा आगलागी हुँदा पसल भित्रका किरानाका सामान, टेबल कुर्सी, भाडा कुडा, लत्ता कपडा, फ्रिज, ग्यास सिलिन्डर ओढ्ने ओछ्याउने लगायतका सामान पूर्ण रुपमा जलेर नष्ट भएको पीडित चक्र बहादुर बुढाले बताएका छन् । गए राती करिब ११ बजे तिर पसलमा कोही नभएको समयमा आगलागी भएको घोडाघोडी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टेक बहादुर बुढाले जनाएका छन् ।
पटक पटक उक्त पसलमा आगलागी तथा कुटपिट जस्ता क्रियाकलाप भए पछि पसल सञ्चालक चक्र बहादुर बुढा रातीको समयमा नजिकैको भालु फाटामा बस्ने र दिनमा पसल संचालन गर्दै आई रहेका छन् । रातीको समयमा कोही नभएको मौका छोपी पसलमा आगलागी भएको बुढाले बताएका छन् । आगोलाई नगरपालिकाको दमकलले निभाएको थियो ।
आगलागी वाट करिब ४ लाख जतिको क्षति अनुमान गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । पसलमा आगलागी भएको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।