कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • घोडाघोडीका बाढी पिडित परिवारलाई राहत वितरण

    घोडाघोडीका बाढी पिडित परिवारलाई राहत वितरण
    Spread the love

    कैलाली, ८ पौष ।। कैलालीको घोडाघोडी नगरपालिका २० जना बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ ।

    टीजुची फाउण्डेशनको सहयोग, बोधिसत्व बिहारको संयोजकत्व तथा नेपाल परिवार दलका युवा नेता खडक नागरी र युवा  नेता जनक बमको पहलमा २० परिवारलाई प्रतिपरिवार २५ किलो जिरा मसिनो चामल, १० किलो ज्ञान आटा, चना, मसुरको दाल, चिनी, खाने तेल, नुन, साबुनलगायत खाद्यान सामग्री वितरण गरिएको नेपाल परिवार दलका युवा नेता खडक नागरीले जानकारी दिए ।

    यस अघि सो संस्थाले  सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका बाढीपीडितलाई राहत वितरण गरेको थियो । 

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD