पहलमानपुर, १५ पाैष ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ स्तरिय फुटवल प्रतियोगिता आज (शुक्रवार) बाट सुरु भएकाे छ । साे वडाकाे आर्थिक सहयाेग तथा पहिचान यूवा क्लव सिसैयाकाे आयाेजनामा प्रतियोगिता हुन लागेकाे हाे ।
पहिचान युवा क्लवका अध्यक्ष टीआर कठरियाकाे सभापतित्वमा भएकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथी घाेडाघाेडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत रहेका थिए भने विशिष्ट अतिथी घाेडाघाेडी ११ का वडा अध्यक्ष दानसिंह जाेगी लगायत अतिथी रहेका थिए ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख रावतले खेल स्वस्थ्यका लागि र राष्ट्रका लागि आवश्यक रहेकाे बताए । देशलाई खेलकाे माध्यमबाट चिनाउने ताकत एउटा खेलाडीमा भएकाेले खेलाडीहरुले अनुशासित भएर आपसी, सद्भाव र मित्रवत रुपमा खेल खेल्नु पर्ने उनले बताए ।
आज भएकाे उद्घाटन खेलमा न्यु फ्रेन्डर्स क्लव अम्बासालाई ३ का विरुद्ध ४ गाेल अन्तरले हराउँदै जाेन स्टार युवा क्लव जवलपुर खेल जितेकाे छ । निर्धारित समयमा खेल सम्पन्न हुन नसकेपछि समय थप गरिएकाे थियाे । थप समयमा दुवै टिमबाट १/१ गाेल भएपश्चात खेल पेनाल्टी सुट आउटमा गएकाे थियाे । त्यसपश्चात जाेन स्टार युवा क्लव खेल जितेकाे हाे । प्रतियोगिताकाे दाेस्राे दिन भाेलि ३ वटा खेल हुने आयाेजकले जनाएकाे छ ।
‘एकता, सद्भाव र अनुशासनका लागि खेल, राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल’ भन्ने मुल नाराका साथ सुरु भएकाे फुटवल प्रतियोगितामा वडामा रहेका ९ वडा क्लवका १४ वटा टिमकाे सहभागीता रहेकाे छ । क्लवका सदस्य राजेन्द्र कठरियाकाे स्वागत मन्तब्य सँगै सुरु भएकाे उद्घाटन कार्यक्रमकाे संचालन पुरन चाैधरीले गरेका थिए ।
