Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घाेडाघाेडी साँगितिक उत्सवमा सहभागी हुन शनिवार पल शाह सुखड आउँदै

0 39

पहलमानपुर, ८ बैशाख ।। अभिनेता पूर्ण विक्रम शाह (पल) अचेल सार्वजनिक कार्यक्रममा व्यस्त देखिएका छन् । विभिन्न जिल्लामा भइरहेको मेला महोत्सवमा पललाई यति वेला भ्याइ न भ्याई छ ।

यही क्रममा अभिनेता पल शाह शनिवार (बैशाख ९) कैलालीको सुखडमा आउने भएका छन् । घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा भईरहेकाे घोडाघोडी साँगितिक उत्सव २०८० मा उनको उपस्थिति रहने आयोजक आभास सञ्चार कम्पनी प्रालीका प्रबन्ध निर्देशक प्रकाश मिश्रले बताए ।

वैशाख ७ बाट सुखडको हेलीप्याडमा जारी उत्सवमा हाल सम्म गायक टंक तिमिल्सेना, माेडेल झरना सिंह, गायिका बेनिसा पाैडेल, कलाकार विराज भट्ट लगायतकाले आफ्नाे प्रस्तुती प्रस्तुत गरिसकेका छन् । यस्तै बैशाख १० गते सम्म चल्ने साे उत्सवमा अभिनेता पुष्प खड्का, गायक हेमराज थापाकाे समेत प्रस्तुती रहने आयाेजक कमिटी सहसंयाेजक बिनाेद बुचाले बताए ।

School
टिप्पणीहरू
Loading...