पहलमानपुर, २० फागुन ।। कैलालीको सुखडमा जारी घाेडाघाेडी महाेत्सवमा आज (शनिवार) स्थानीय तथा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुति रहने छ । जस अनुसार आज दाेस्राे दिन बाल गायक सुप्रिम मल्ल ठकुरी, गायिका झरना बाेहरा, पुजा देवकाेटा र गायक संसार धामीकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।
कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्ध घाेडाघाेडी विकासकाे आधार भन्ने मुलनाराका साथ बिहिवारबाट सुरु भएकाे घाेडाघाेडी महाेत्सवमा दैनिक स्थानीय डान्स एकेडेमी, क्लवका कलाकारहरुकाे समेत प्रस्तुति भइरहेकाे आयाेजकले जनाएकाे छ ।
घाेडाघाेडी उद्योग बाणिज्य संघकाे आयाेजनामा भईरहेकाे महाेत्सवमा शुक्रबार चर्चित गायक अर्जुन काैशल, मनिष खड्काले प्रस्तुति राखेका थिए । सुखड स्थित हेलिप्याडमा जारी महाेत्सव फागुन २८ गते सम्म चल्ने छ ।

