Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घाेडाघाेडी महाेत्सवकाे साताैं दिन आज आउने कलाकारहरु

0 86

पहलमानपुर, २४ फागुन ।। कैलालीको सुखडमा जारी घाेडाघाेडी महाेत्सवमा आज (बुधवार) स्थानीय तथा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुति रहने छ । जस अनुसार आज साताैं दिन चर्चित गायिका रचना रिमाल, कलाकार पुर्खे बा, गायक हेमराज थापा ‘बाबुराजा’, मनिराम चाैधरी लगायतकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।

कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्ध घाेडाघाेडी विकासकाे आधार भन्ने मुलनाराका साथ बिहिवारबाट सुरु भएकाे घाेडाघाेडी महाेत्सवमा दैनिक स्थानीय डान्स एकेडेमी, क्लवका कलाकारहरुकाे समेत प्रस्तुति भइरहेकाे आयाेजकले जनाएकाे छ ।

घाेडाघाेडी उद्योग बाणिज्य संघकाे आयाेजनामा भईरहेकाे महाेत्सवमा मंगलवार हाँस्यकलाकार सुरबिर पंडित ‘दारी बा’, पल्पसा डंगाेल ‘चम्सुरि’, गायिका एन्जिला रेग्मी र माेडल रितु चाैधरीले प्रस्तुति राखेका थिए । सुखड स्थित हेलिप्याडमा जारी महाेत्सव फागुन २८ गते सम्म चल्ने छ ।

FB IMG 1678232971096
School
टिप्पणीहरू
Loading...