पहलमानपुर, १८ असार ।। कैलालीकाे एक नगरपालिकाले सहकारीका ऋणीहरुलाई ऋण तिर्न ठाडाे आदेश दिएकाे छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिकाले आईतवार एक सुचना जारी गर्दै सहकारीबाट ऋण लिएका ऋणीहरुले यथाशिघ्र ऋण भुक्तान गर्न आदेश दिएकाे हाे ।
नगरपालिकामा रहेका सम्पुर्ण सहकारीका शेयर सदस्यहरुलाई सम्बाेधन गर्दै पालिकाले ऋण तिर्न आव्हान गरेकाे हाे । यसका साथै समयमा ऋण नगिरेकाे खण्डमा प्रचलित कानुन बमाेजिम कानुनी कार्बाही हुने निमित्त प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंह द्वारा जारी सुचनामा भनिएकाे छ ।
यस्तै नगरपालिकाले सहकारीकाे पक्षमा जारी गरेकाे सुचनाकाे सामाजिक संजालमा अनेकन टिकाटिप्पणी भईरहेका छन् । केही जनप्रतिनिधिहरुले समेत एकलाैटी रुपमा निकालिएकाे गरिब, किसान बिराेधी सुचना तत्काल हटाउन माग गरेका छन् ।
नगर सरकारले जारी गरेकाे सुचनामा नागरिककाे प्रतिक्रिया हेर्नुहाेस् !



