Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घाेडाघाेडीमा माओवादी पार्टीको रुपान्तरण अभियानकाे तयारी तिव्र

0 138

पहलमानपुर, १२ भदाैं ।। नेकपा (माओवादी केन्द्र) ले यहि भदाैं १६ गते देखि संचालन गर्न लागेकाे ‘जनता सँग माओवादी रुपान्तरण अभियान’ काे तयारी देशैभर भईरहेकाे छ । यसैविच कैलालीको घाेडाघाेडी नगरपालिकामा समेत पार्टीको केन्द्रिय कमिटीकाे निर्देशन बमाेजिम तयारी थालिएकाे छ ।

साेहि क्रममा मंगलवार नेकपा (माओवादी केन्द्र) घाेडाघाेडी नगरकमिटीले एक कार्यक्रम सम्पन्न गरेकाे छ । नगरकमिटी अध्यक्ष खगेन्द्र हमालकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी पार्टीकी केन्द्रिय सदस्य बिमला सिंह रहेकी थिईन् । कार्यक्रममा बाेल्दै प्रमुख अतिथी सिंहले माओवादी पार्टीले देश र जनताकाे पक्षमा अनेकन काम गरेकाे छ ।

पछाडि परेकाे वर्ग, समुदाय, क्षेत्र, लिङ्गकाे पक्षमा वकालत गरेकाे छ तर अरु पार्टी जसरी प्रचारबाजी गर्न नसकेकाे कारणले ओझेलमा परेकाे बताईन् । यसैविच केन्द्रिय कमिटीले संचालन गरेकाे ‘जन जन मा माओवादी, घर घरमा माओवादी’ अभियानले तरंङ्ग ल्याउने बताईन् ।

“हामी प्रत्यक्ष जनताकाे घरदैलाेमा गइरहेका छाैं, याे समयमा जनताकाे सुख, दुखमा माओवादीकाे सक्रियता बढाउन सबैतहका नेता कार्यकर्ताहरुकाे साथ, सहयोग आवश्यक रहेकाे औंल्याईन् ।”

उक्त अभियान अन्तरगत साविकका दरख, साँडेपानीलाई एक क्षेत्र र पहलमानपुर, रामशिखरझालालाई अर्काे क्षेत्र गरि दुई भागमा कार्यक्षेत्र छुट्याईएकाे छ । जस अन्तरगत दुईवटै क्षेत्रमा पार्टीका उपलब्ध केन्द्रिय सदस्य, प्रदेश सदस्य, नगरसदस्यहरुलाई जनताकाे घरदैलाेमा अभियान संचालनका लागि जिम्मेवारी ताेकिएकाे नगरअध्यक्ष खगेन्द्र हमालले बताए । उनले जिल्लामै घाेडाघाेडी नगरकमिटीले केन्द्रिय कमिटीकाे निर्देशनकाे परिधिभित्र रहेर सबैभन्दा पहिले र सफलतापुर्वक अभियान सम्पन्न पार्न प्रयासरत रहेकाे बताए ।

अभियान सम्पन्न पार्न आज आयाेजित तयारी कार्यक्रममा केन्द्रिय सदस्य झंकर साउँद, प्रदेश सचिवालय सदस्यहरु प्रशु चाैधरी, रतन सुनार, अजय ढकाल लगायत प्रदेश सदस्य, जिल्ला समन्वय, नगर कमिटी सदस्यहरु सहित १ सय भन्दा बढि नेता कार्यकर्ताहरुकाे उपस्थिती रहेकाे थियाे ।

School
टिप्पणीहरू
Loading...