Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घाेडाघाेडीका ११ वटा वडामा रुपान्तरण अभियानकाे तयारी बैठक सम्पन्न

0 43

पहलमानपुर, १४ भदाैं ।। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संचालन गर्न लागेकाे ३ महिने अभियानकाे तयारी बैठक घाेडाघाेडीका विभिन्न वडाहरुमा एकसाथ सम्पन्न भएकाे छ ।

नगरपालिकाकाे वडा नं. २ देखि १२ वडा सम्मकाे वडा कमिटीकाे बैठक बिहिवार सम्पन्न भएकाे पार्टीकाे नगरकमिटीले जनाएकाे छ ।

माओवादी केन्द्रले ‘जन जनमा माओवादी, घर घरमा माओवादी” भन्ने मुलनाराका साथ जनता सँग माओवादी रुपान्तरण अभियान’ शनिवार (भदाैं १६ गते) देखि देशब्यापी रुपमा संचालन गर्न लागेकाे छ ।

साेहि अभियानकाे उद्घाटन कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्नका लागि नगरका १२ वटै वडामा बिस्तारित बैठकहरु आयाेजना गरेका छाैं ।

जसअनुरुप आज (बिहिवार) नगरका ११ वटा वडामा बैठक सम्पन्न गरिसकेका छाैं नगर अध्यक्ष खगेन्द्र हमालले बताए । उनले विविध कारणवस् वडा नं. १ मा बैठक हुन नसकेकाले भाेलि (शुक्रवार) बैठक बस्ने समेत उनले बताए ।

पछिल्लो समय घाेडाघाेडी नगरपार्टीले अभियानकाे तयारी निरन्तर रुपमा गरिरहेकाे छ । जसका लागि पार्टीका केन्द्रिय सदस्य, प्रदेश सदस्य, नगर सदस्य देखि वडा सम्मका नेता, कार्यकर्ताहरु गाउँ गाउँमा खटिएका छन् ।

School
टिप्पणीहरू
Loading...