Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गौरीगङ्गामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सडक नाटक

0 63

भाद्र २७, मसुरिया ।। कैलालीको गौरीगंगा नगरपालिका ८ बढैपुरमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको छ । पारस्परिक जबाफदेहिता परियोजना मार्फत समुदायमा गठन गरीएको खप्तड रेडियो श्रोता समूहले बजारमा नाटक प्रदर्शन गरेको हो ।

“लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ गाउँ घरमा हुने छुवाछुत, लैङ्गिक हिंसा अन्त्यका विषयमा सडक नाटक गरीएको थियो । नेपाली समाजमा बढ्दो छुवाछुत, महिला हिंसालाई न्यूनीकरण गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरीएको थियो ।

नेपाली समाजका महिलाहरूले हरेक दिन भोगिरहेको समस्यालाई नाटकको रुपमा प्रदर्शन गर्न खोजिएको थियो । साथै सडक नाटकमा छुवाछुत, छोरा छोरीमा भेदभाव,सासूले बुहारीलाई दिने हिंसा र ऐन कानुनमा तोकिएको सजाएको बारेमा विषय समेटिएको खप्तड रेडियो श्रोता समुह सहजकर्ता जीवन कडेंलले बताए ।

टिप्पणीहरू
Loading...