Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गौरीगंगा नगरपालिकाको अगामी आर्थिक वर्षको बजेट ८९ करोडकाे बजेट

0 34

कैलाली, १० असार ।। गौरीगंगा नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ८९ करोड ७१ लाख ७३ हजार रुपैयाँको बजेट ल्याएको छ।

नगर प्रमुख देवीदत्त कडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगर प्रमुख कडेलले आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
नगर सभाको १४ औं अधिवेशनमा नगर उपप्रमुख भोज बहादुर बमले आगामी आर्थिक वर्ष २०८०/८१ का ८९ करोड ७१ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।

यो बजेट चालु आर्थिक वर्षको भन्दा ६ करोडले बढी रहेको छ गौरीगंगा नगरपालिकाले चालु आर्थिक वर्षमा ८३ करोड १० लाख रुपैयाँको बजेट ल्याएको थियो।
नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद विकास, स्वास्थ्य र  कृषिलाई  प्राथमिकतामा राखेको छ।

School
टिप्पणीहरू
Loading...