Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गौरीगंगाले ल्यायो ९० करोड बढीको बजेट

0 70

कैलाली, १० असार ।। कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ९० करोड बढीको बजेट ल्याएको छ । शुक्रबार भएको नगरपालिकाको १२औं नगरसभामा नगरउपप्रमुख भोजबहादुर बमले ९० करोड ६४ लाख ७५ हजारको बजेट सावर्जनिक गरेका हुन् ।

नगर उपप्रमुख बमले प्रस्तुत गरेको बजेटमा संघीय समानीकरण अनुदानमा १७ करोड ७० लाख, संघीय सशर्त अनुदान चालु तर्फ २० करोड ५२ लाख, सशर्त अनुदान पुँजीगत तर्फ ३ करोड १४ लाख, समपुरक अनुदान पुँजीगत ८० लाख र विशेष अनुदानमा ५० लाख रहेको छ ।

BHATBHATENIDHNG 20220610095338

त्यसैगरी प्रदेश समानीकरण अनुदान १ करोड ३० लाख १९ हजार, प्रदेश समपुरक अनुदान पुँजीगत ७३ लाख, विशेष अनुदान पुँजीगत २५ लाख रहेको छ । त्यसैगरी मुल्य अभिवृद्धिकर अन्तशुल्कमा १४ करोड ५२ लाख ८२ हजार, वन रोयल्टी २५ लाख, घरजग्गा रजिष्टेशन दस्तुरबाट २ करोड, सवारी साधन कर ८५ लाख ७६ हजार, सामाजिक सुरक्षा तथा संरक्षण भत्ता २२ करोड ५० लाख, आन्तरिक राजस्व ३ करोड ६५ लाख ७० हजार र अल्या रकम १ करोड ८१ लाख २८ हजार रहेको छ ।

नगरप्रमुख देविदत्त कडेलले ‘शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार ः समृद्ध गौरीगंगाको आधार’ भन्ने नारा सहित गौरीगंगा विकास नीति २०७९÷०८० प्रस्तुत गरेका थिए ।

Jay Bajrang
School
टिप्पणीहरू
Loading...