Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गौरीगंगाको एक विद्यालय भवन कटानको जोखिममा

0 134

भोज मन्नी, मसुरिया, १८ असार ।। कैलालीको गौरीगंगा नगरपालिका वडा न ५ स्थित अण्डैयामा रहेको जनजागृती आधारभूत विद्यालय कटानको जोखिममा रहेको छ ।
अविरल असार दोश्रो साता आएको वर्षाको कारण विद्यालय छेउमै रहेको खोलामा आएको बाढीले कटान गरेपछि सो विद्यालयको भवन जोखिममा रहेको हो । विद्यालयको जमिन कटानले समस्या भएपछि विद्यालय प्रशासनले अनुगमनमा रहेको टोलीलाई गौरीगंगा नगरपालिका उपप्रमुख भोज बहादुर बमलाई यथासिघ्र तटबन्ध गरिदिन माग गरेका छ्न् ।जनजागृती आधारभूत विद्यालयका प्रधानाध्यापक डिबी सुनारले गाउँको पानीको निकास विद्यालय खोला जाने भएकोले बर्सेनि जमिन कटानको समस्या रहेको बताए ।

यसैगरि वडा न-५ को वडा कार्यालको भवन पनि जमिन कटानको जोखिममा रहेको छ । अबिरल वर्षाको कारण वडा कार्यालय छेउमै रहेको जमिन कटान भएपछि जोखिमा परेको हो ।गौरीगंगा नगरपालिका वडा न ५ का वडा अध्यक्ष विष्णु भाटले वडा कार्यालयसँग कम बजेट भएकोले विद्यालय र वडा कार्यालयको खोला छेउको जमिनको तटबन्ध गर्न समस्या भएकोले नगरपालिका कार्यालयको बजेटको आवस्यक रहेको बताए ।

खोलाले कटान गरेको ठाउँमा इस्टिमेट बनाइ तटबन्ध गर्ने नगर उपप्रमुख भोज बहादुर बमले वताए । अनुगमनमा जिल्ला समन्वय कैलाली प्रमुख पदम बहादुर कलेल,वडा अध्यक्ष विष्णु भाट,नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखा पतिनिधि र नगरपालिका कार्यालय इन्जिनियरको सहभागिता रहेको थियो ।

School
टिप्पणीहरू
Loading...