कैलाली, २७ भदाैं ।। सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् । माग पूरा गर्न समय सीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी आउँदै छन ।
उनले आज बेलुकी देखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्ने लगायत माग राखेका छन् ।


