कैलाली, १२ जेठ ।। नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्। उनीहरूले सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्।
आज बिहानैबाट धनगढीमा तीन स्थानमा गेटा मेडिकल सञ्चालनको पक्षमा हस्ताक्षर संकलन थालिएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए। ‘हामीले बिहान धनगढीका तीन स्थानमा हस्ताक्षर संकलन गरिरहेका छौं। हाम्रो एउटै माग छ, गेटा मेडिकल कलेजमा स्वास्थ्य सेवासहित पठनपाठनको व्यवस्था हुनुपर्छ, उनले भने, हस्ताक्षर संकलनपछि हामीले प्रधानमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई उक्त हस्ताक्षर पठाउने छौं,उनले भने ।
शुक्रबार बिहान ८ देखि १० बजेसम्म गेटा मेडिकल कलेजमा पुगेर प्लेकार्डसहित धर्ना दिइने र शनिबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइने उनले बताए। त्यति गर्दा पनि आफूहरूको एक बुँदे माग सुनुवाइ नभए आइतबारबाट रिले अनसन थालिने सुनारले जानकारी दिए।

