कैलाली, १४ जेठ ।। प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले संचालन गरेको हस्ताक्षर अभियानमा करिब १५ हजार हस्ताक्षर संकलन गरिएको छ । शुक्रबार र शनिबार संचालन गरिएको उक्त अभियानमा उक्त संख्यामा हस्ताक्षर संकलन भएको सघर्ष समितिले जनाएको छ ।
संकलन गरिएको उक्त हस्ताक्षर आइतबार (भोलि) बिहान १० बजे जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाईने संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) जानकारी दिएका छन ।
यसैबिच समितिले हस्ताक्षर अभियानमा सहभागि हुने सम्पूर्णलाई धन्यावाद ज्ञापन समेत गरेको छ । अत्तरियामा संघर्ष समितिले बुधबार देखि यथासिघ्र प्रस्तावित गेटा मेडिकल कलेज संचालनका लागि माग गर्दै आन्दोलन गर्दै आएको छ ।
समितिले आगामी आर्थिक बर्षका लागि बजेट बिनियोजन गरी मेडिकल कलेजको मोडालिटी निर्धारण गरी नीति निर्माण नगरिए थप संघर्षका कार्यक्रम संचालन गर्ने जनाएको छ ।

