Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गेटा आँखा अस्पतालको १९औं शाखा कैलालीको सुखडमा स्थापना

0 122

कैलाली, २ चैत ।। सुदूरपश्चिम प्रदेश मात्र नभएर छिमेकी मुलुक भारतका नागरिका लागि पनि आँखा उपचारको भरोसा केन्द्र बनेको गेटा आँखा अस्पतालको १९औँ शाखा विस्तार गरिएको छ ।

सुदूरपश्चिम क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालद्वारा घोडाघोडी नगरपालिकासँगको सहकार्य तथा सेभा नेपालको सहयोगमा कैलालीको घोडाघोडीमा १९औँ शाखा विस्तार गरिएको हो।

नगरपालिका र बर्दगोरिया गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न सुखडमा बुधबार आँखा उपचार केन्द्र स्थापना गरि आँखा उपचार सेवा संचालन गरिएको वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए।

275766660 513581876797317 3904266609695285315 n

सो उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परीक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया गरिनुका साथै समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिनेछ।

आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परीक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरि गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परीक्षण र आवस्यक परामर्श गरी उपचार सेवा समेत प्रदान गरिने भट्टले बताए।

घोडाघोडी नगरपालिका वार्ड नं. १ का अध्यक्ष मनराज शाहको सभापतित्वमा संचालित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख प्रेम कुमारी थापा र बिशिष्ठ अतिथि सेभा नेपालका निर्देशक रामप्रशाद कँडेलबाट आँखा उपचार केन्द्रको संयुक्त रुपमा उद्घाटन गरिएको हो।

नेपाल नेत्रज्याति संघ कैलालीका सभापति तथा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिव्यप्रसाद पन्त, नेपाल नेत्रज्योति संघ प्रदेश कार्य समितिका सचिव भूपेन्द्र थापा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले शुभकामना व्यक्त गरेका थिए।

गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा सुरेशराज पन्तले सबै सहभागीलाई स्वागत तथा आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको बिषयमा प्रकास पारेका थिए।

कार्यक्रममा वार्ड अध्यक्षहरु, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कैलालीका सदस्य तथा बिभिन्न संघ संस्थाका पदाधिकारी, कार्यालय प्रमुख, पत्रकार र स्थानीय समाज सेवीहरुको सहभागिता रहेको थियो।

कोरोनाको संक्रमणको जोखिमको कारणले गेटा आँखा अस्पताल बाट आँखा उपचार सेवा लिनबाट बिगत लामो समय देखि बन्चित आँखाका रोगीहरु उपचार केन्द्रबाट लाभान्वित हुनेछन्।

स्वास्थ्य बीमामा बीमितहरुको लागि उपचार केन्द्रबाट गेटा आँखा अस्पताल पठाई निःशुल्क आँखा परीक्षण, औषधि उपचार अप्रेशन तथा वषर््ामा एक हजारसम्मको चश्मा समेत निःशुल्क उपलब्ध गराइनेछ।

सुदूरपश्चिम प्रदेशको अन्धोपन न्यूनीकरण तथा गुणस्तरीय आँखा उपचार सेवा पुर्याउन गेटा आँखा अस्पतालले अस्पताल तथा यस अन्तरगत यस प्रदेशका ९ वटै जिल्लामा संचालित १९ वटा शाखाहरुबाट नियमित उपचार सेवा प्रदान गर्नको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई आँखा उपचार सेवाको पहूँच बढाउन आँखा शिविर मार्फत समेत सेवा प्रवाह गरिरहेको छ।

School
टिप्पणीहरू
Loading...