गुडिरहेको मोटरसाइकलमा आगो लाग्यो
कैलाली, २६ कार्तिक ।। कैलालीको धनगढीमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । सु प प्र ०१ ००९ प १०१२ नम्बरको मोटरसाइकलमा आगो लागेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ बस्ने प्रकाश ऐरले चलाइरहेको मोटरसाइकलमा आगलागी भएको हो । धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत राजपुर चोक नजिक आगलागी भएको हो । पेट्रोल पम्पबाट इन्धन भरेर राजघाटस्थित घर फर्किने क्रमममा मोटरसाइकलमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।