Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गाैरिगंगा नगरपालिकाका नवनिर्वाचित मेयर कडेलले लिए सपथ

0 32

कैलाली, ९ जेठ ।। कैलालीको गाैरिगंगा नगरपालिकाका नव निर्वाचित नगर प्रमुख देविदत्त कडेलले आज (साेमबार) जिल्ला अदालत कैलालीमा सपथ लिएका छन ।कडेल कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उनी माओवादी केन्द्रका तर्फबाट विजयी भएका हुन् ।

शुक्रवार सम्पन्न मतगणना अनुसार १३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कँडेल प्रमुखमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए । ७ हजार १ सय ६३ मतान्तरले कँडेल विजयी भएका हुन् ।

२६ हजार ९ सय ८५ मत खसेको गौरीगङ्गामा २६ हजार ३०३ मत सदर हुँदा ६ सय ८२ मत बदर भएका थिए।

School
टिप्पणीहरू
Loading...