कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • गठबन्धन सरकारले गर्दा आर्थिक संकट पैदा गर्‍यो : एमाले महासचिव पोखरेल

    गठबन्धन सरकारले गर्दा आर्थिक संकट पैदा गर्‍यो : एमाले महासचिव पोखरेल
    Spread the love

    कैलाली, २१ असार ।। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशमा आर्थिक संकट पैदा गरेको आरोप लगाएका छन् ।

    मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो आरोप लगाएका हुन् । एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेपछि मुलुकले दुष्परिणाम व्यहोरिरहेको उनले बताए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले एमाले नेतृत्वको अघिल्लो सरकारको पालामा भन्दा झण्डै दोब्बरले मूल्यवृद्धि गरेको आरोप समेत उनले लगाए ।

    महासचिव पोखरेलले अवाञ्छित व्यक्तिको प्रयोग गरेर करका दायरा हेरफेर गर्ने अर्थमन्त्री जनार्दन शर्मालाई कारवाही गर्ने सवालमा प्रधानमन्त्री अग्रसर नहुनुले प्रधानमन्त्री प्रति पनि आशंका उब्जाएको बताए ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD