Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गठबन्धन प्रति कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेसको असन्तुष्टि

0 84

कञ्चनपुर, २४ चैत ।। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गरिएको गठबन्धन प्रति कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । कांग्रेसले गठबन्धन प्रति असन्तुष्टि जनाउदै पुनर्वासमा विरोध भेलाको आयोजना गरिएको छ ।

नेपाली कांग्रेस पुनर्वास नगर कार्य समितिका सचिव प्रवीण रावलले एक सूचना जारी गर्दै गठबन्धनको विरोधमा भेलामा उपस्थितिका लागि आव्हान गरेका हुन् ।

पार्टीको तल्लो निकायसँग परामर्श छलफल नगरीकनै माथिल्ला निकायले गठबन्धनको निर्णय गरेको भन्दै उनले आपत्ति रहेको बताए । केन्द्रले गरेको गठबन्धनका कारण पार्टीको संगठननै ध्वस्त हुने स्थिति देखिएपछि विरोधमा उत्रनु परेको उनको भनाई छ ।

School
टिप्पणीहरू
Loading...