खेती सकेर किसान रोजगारीका लागि भारत जादै
धनगढी, २६ कार्तिक/ सदूरपश्चिमको नेपाल भारत नाका गौरीफन्टामा अहिले रोजगारीका लागि भारत जानेको लर्को नै लागेको छ । दशैतिहार मनाएर फेरी रोजगारी गर्न सुदूरपश्चिमका नेपालीहरु भारत फर्कने प्रचलन छ । चाडपर्व मनाउन घर फर्केका उनीहरु हिउदे खेती गहुँको काम सकेर फेरी पुन भारत जान लागेका छन् ।
दशैतिहार मनाउन घर आए दशैतिहार सकिए सगै गहु छरेर फेरी रोजगारीको लागी भारत जादै गरेको बझाङका हिमले विष्टले बताए । ‘नेपालमा केहि काम छैन परिवार पाल्न भए पनि अर्काको देशमा जानै पर्ने भयो’ बिष्टले भने–‘भएको सानो सम्पती पनि बाढीले बगायो’ परिवारको विचली भएको छ, सानै भएपनि रोजगारका लागि भारत नै धाउनुपर्यो ।’
अर्का कैलालीको चौमाला घर भएका लालसिह नेपालीको दुख पनि त्यस्तै छ । नेपालमा राम्रो रोजगार पाईदैन त्यसैले भारत जानुपर्ने बाध्यता भएको गौरीफन्टा नाकामा भारत जादै गरेका नेपालीले बताए । ‘होटलमा काम गर्दा पैसा पनि थोरै पाउने आफ्नो खर्च पनि पुग्दैन’ नेपालीले भने–‘परिवार त पाल्नै प¥यो, त्यसैले भारत जादैछु ।’ अहिले खेतीपाती सकेर रोजगारीका लागि भारत जादैछु नेपालीले भने–‘अब गहु काट्ने बेला नेपाल फर्कन्छु खेतीपाती भित्राउन ।’ अहिले गहु छरेर सबै परिवार रोजगारीको लागी भारत जान लागेको र गहु काट्ने बेला फेरि घर फकिने नेपालीले बताए । सानो काम भए पनि नेपालमा गर्न मन पर्छ तर के गर्नु परिवार, छोरोछोरी सबैलाई पाल्नु पर्ने भएर भारत जान बाध्य भएको नेपालीले सुनाए ।
अहिले गड्डा चौकी र गौरीफन्टा नाकामा धेरै नेपालीहरु भारत जानेको लार्को नै देख्न नै सकिन्छ । गड्डा चौकी नाकाबाट मात्रै एक सातामा दुई हजार तिन सय ६१ नेपाली भारत गएका छन् । आईतबार दुई सय ६५, सोमबार पाँच सय १५, मंगलबार पाँच सय १०, बुधबार पाँच सय २५, विहिबार पाँच सय ४६ रहेको सशस्त्र सिमा सुरक्षा वल भन्सारले जानकारी दिएको छ ।
यस्तै गौरीफन्टा नाकाबाट एक सातमा एक हजार पाँच सय ५४ नेपाली भारत गएको सशस्त्र प्रहरीको तथ्याङकमा उल्लेख छ । आईतबार ७४, सोमबार दुई सय ७३, मंगलबार चार सय ७५, बुधबार तिन सय ६५, विहिबार तिन सय ६७ नागरिक रोजगारीका लागि भारत पसेका छन् ।