Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

खाद्यान्न व्यापारीले किसानबाट प्रतिक्विन्टल १ हजार रुपैयाँमा धान खरिद गर्दै

0 14

टीकापुर, १३ कार्तिक । कैलालीको टीकापुर क्षेत्रका खाद्यान्न व्यापारीले किसानबाट प्रतिक्विन्टल १ हजार रुपैयाँमा धान खरिद गरिरहेका छन् । बाढीका कारण धान भिजेर बिग्रेको भन्दै धेरै मूल्य दिन नसकेको उनीहरूको भनाइ छ ।

जानकी गाउँपालिकाको दुर्गौलीमा धान खरिद गर्ने रघु उपाध्यायले भने, ‘धान हेरेर मूल्य निर्धारण गर्ने गरेका छौं । कम्तीमा १ हजार रुपैयाँमा धान किनिरहेका छौं, नभिजेको र राम्रोसँग केलाइएको धानलाई भने २ हजार रुपैयाँसम्म दिएका छौं ।’

धान बेचेर किसान हिउँदे बाली लगाउने तयारीमा जुटिसकेका छन् । हिउँदे बालीका लागि मल, बीउ किन्न पनि सस्तैमा धान बेच्नुपरेको किसानहरू दुखसो पोख्छन् ।

जानकी–६ का किसान भोजराज चौधरीले बाढीले धान भिजाएकाले बेच्दा त्यसको लगानी पनि नउठेको सुनाए । ‘धानको न्यूनतम मूल्य सरकारले तोके पनि हामीले सस्तोमा धान बेच्नुपर्ने बाध्यता छ । मल, बीउ र श्रमको हिसाब गर्दा किसानलाई घाटा भएको छ । सरकारले तोकेको मूल्य पाएको भए पनि हुन्थ्यो, त्यो पनि छैन ।’

बाढीले भिजेर धान बिग्रेको भन्दै व्यापारीले किन्नै नमान्ने उनले सुनाए । ‘किन्ने भए पनि मनपरी मूल्य निर्धारण गर्छन् । उनीहरूले निर्धारण गरेको मूल्यमा हामीले धान बेच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘बिग्रेको धान पनि सरकारले किनिदिएको भए हुन्थ्यो । यो व्यवस्था गरिदिए हामीलाई ठूलो राहत हुन्थ्यो ।’

टीकापुर नगरपालिका–१ का किसान जितबहादुर चौधरीले बाढीले डुबाएको धान सुकाएर जेनतेन थ्रेसिङ गरेको बताए । ‘धान सबै बिग्रेको छ । अब त्यो धान कसरी बेच्ने रु’ उनले भने, ‘सरकारले हाम्रो लगानीअनुसारको पैसा दिए पनि हुन्थ्यो ।

किसानहरू यसपाला धानबाली सखाप भएर ठूलो मर्कामा परेका छन् ।’ सरकारले धानको मूल्य निर्धारण गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद सुरु गरेको छैन । सरकारले यो वर्ष धानको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ तोकेको छ ।

कम्पनीको धनगढी शाखाका निमित्त प्रमुख कल्पना बिष्टले माथिल्लो निकायबाट खरिदको निर्देशन नआएको बताइन् । ‘परिपत्र आएको छैन, तिहारपछि धान खरिदबारे टुंगो लाग्छ होला,’ उनले भनिन् ।

बाढीले भिजेका कारण धानमा पानीको मात्रा (म्वोइस्चर)बढी भएकाले पनि खरिद सुरु नगरिएको बताइएको छ । जसका कारण अहिले नै खरिद सुरु गर्दा किसानको धान फिर्ता पठाउनुपर्ने अवस्था हुने कम्पनीका कर्मचारीहरू बताउँछन् ।

टिप्पणीहरू
Loading...