खप्तड सामुदायिक बनको अध्यक्षमा वीर बहादुर रावल चयन
पहलमानपुर, ७ पौष ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ११ भलौवामा रहेको खप्तड सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा वीर बहादुर रावल निर्बिरोध चयन भएका छन् । सो सामुदायिक बनका उपभोक्ताहरुको भेलाले बुधबार ११ सदस्य नयाँ कार्यसतिमी चयन गरेको हो ।
सो समितीको उपाध्यक्षमा बिनिता बम, सचिवमा सबिता रावल, सहसचिब धर्म कडायत र कोषाध्यक्षमा सरभान कडायत रहेका छन् । यस्तै सदस्यहरुमा लक्ष्मीदत्त भट्ट, गम्भिर रावल, हिक्मत खाती, कमला कडायत, धरु रावल र धर्मा कुवंर रहेका छन् ।