कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भए ‘कटप्पा’

    कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भए ‘कटप्पा’
    Spread the love

    काठमाडौं, २७ पुष ।। साउथ इण्डियन चलचित्र ‘बाहुबली’बाट ‘कटप्पा’को परिचय बनाएका अभिनेता सत्यराज कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी केही दिनअघि कोरोना संक्रमित भएका थिए ।

    सत्यराजका छोरा सिबी सत्यराजले एक ट्वीट गर्दै आफ्ना पिता गएराति अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको जानकारी दिएका छन् । उनले सत्यराज पूरै ठीक भएको र केही दिन घरमा आराम गरेर काममा फर्किने उल्लेख गरेका छन् ।

    सिबीले आफ्ना पिताको स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद भनेका छन् । सन् १९७८ मा अभिनय क्षेत्रमा प्रवेश गरेका सत्यराज तमिल सिनेमाका सुपरस्टार मानिन्छन् । केही बलिउड चलचित्रमा समेत अभिनय गरेका उनले दर्शकमाझ अलग्गै पहिचान बनाएका छन् । भारतमा कोरोना भाइरस संक्रमणको तेस्रोे लहर शुरु भएसँगै सेलिब्रटीहरु पनि संक्रमित भइरहेका छन् ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD