Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलाली ५ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार द्धारा संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक

0 25

कैलाली, ११ कार्तिक ।। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारले आफ्नो संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्त तथा प्रदेश सभा क्षेत्र १ का उम्मेदवार रमेशसिंह धामी र प्रदेश सभा २ का उम्मेदवार प्रकाशबहादुर देउवाले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

कैलाली क्षेत्र नम्बर ५ लाई आर्थिक, शैक्षिक, स्वास्थ्य, पर्यटन र खेलकुदको केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता तीनै जना उम्मेदवारले गरेका छन् । यो क्षेत्रको प्रमुख समस्याका रुपमा रहेको अव्यवस्थित सहरीकरण, डुवान, नदी कटान र सार्वजनिक जमिन अतिक्रमणको समस्या समाधान गर्नुका साथै दीर्घकालीन योजना मार्फत् विकासलाई अगाडि बढाउने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

कैलाली ५ लाई हरित सहरको रुपमा विकास गर्ने प्रतिवद्धता पनि उम्मेदवारले गरेका छन् । त्यस्तै उर्मा, फुलबारी र कैलारी गाउँपालिकामा २५/२५ शय्याको अस्पताल तीन वर्षभित्र निर्माण गर्ने, वडा नम्बर १५ र १६ मा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्ने तथा युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिने बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रतिवद्धता छ ।
गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्तले आफूहरुले चुनाव जितेपछि घोषणापत्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

‘यो चुनावका लागि ल्याइएको प्रतिवद्धतापत्र मात्र होइन, निर्वाचित भएर गएपछि हामी यसलाई कार्यान्वयनमा लैजाने छौं । कतिपय योजनाहरुका लागि संघमा पहल गरिनेछ ।’ उनले भने, ‘नदी कटान नियन्त्रण, व्यवस्थित सहरीकरण, योजनावद्ध विकास हाम्रो प्राथमिकता रहने छ ।’ किसानलाई मल, सिाचाइ, बीउविजन सहज रुपमा उपलब्ध गराउने प्रतिवद्धता पनि गठबन्धनका उम्मेदवारले गरेका छन् ।

टिप्पणीहरू
Loading...