Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलाली प्रशासन द्वारा १६ बुँदे आदेश जारी

0 114

कैलाली, २८ माघ ।। जिल्ला प्रशासन कैलालीले १६ बुँदे आदेश जारी गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी किरण थापाले १६ बुँदे आदेश जारी गरेका हुन् । कोभिड–१९ को ग्राफ घट्न थालेपछि प्रमुख जिल्ला अधिकारी थापाले नयाँ आदेश जारी गरेका हुन् ।
बुधबार भएको जल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी) ले गरेको निर्णयअनुसार आजदेखि लागू हुने गरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनका अनुसार फागुन १ गतेदेखि खोप लगाएको सुनिश्चत गरेर स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालयलगायतका शैक्षिक संस्था सञ्चालन गर्न पाइने भएको छ ।
आमसभा, जुलुस, भेला आयोजनामा रोक भने कायमै राखिएको छ । विभिन्न गोष्ठी, सेमिनार, समिक्षा बैठक गर्दा सकेसम्म अर्चुअल गर्ने र भौतिक उपस्थितीमा गर्नै परे बढीमा ५० जना मात्रै सहभागी गर्न पाइने आदेशमा उल्लेख छ । सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, हाटबजार स्वास्थ्यको मापदण्ड पूरा गरेर क्षमताको ५० प्रतिशत उपस्थित गराएर मात्र सञ्चालन गनेृ अनुमति दिइएको छ ।

Jilla parsasan


यस्तै व्यवसाय सञ्चालन गर्दा भने एक पटकमा २५ जनाभन्दा बढी सहभागी नहुने गरी सञ्चालन गर्न, धार्मिक कार्यक्रम गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्न, दर्शक सहितको खेलकुद कार्यक्रम गर्दा क्षमताको ५० प्रतिशत मात्रै उपस्थिती गराउन पनि आदेशमा उल्लेख गरिएको छ । यो आदेश अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए । सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न र मास्क नलगाएका यात्रु नचढाउन पनि आदेश गरिएको छ ।

School
टिप्पणीहरू
Loading...