कैलाली, २२ बैशाख ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नै नभएको दाबी गरेका छन्।
आज कैलालीमा एमालेले गरेको सभामा बोल्दै उनले घटना हुँदा कैलालीमा नरहेका चौधरीलाई मुद्दा लगाइएको बताएका थिए।
‘यहाँका थारू नेता जेलमै छन्। अनेकौं हजारौं मानिस मरे जेलमा हुनु परेन। यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर। रेशम चौधरी त्यसबेला यहाँ थिएनन्, उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन,’ ओलीले भने।
आफू प्रधानमन्त्री हुँदा थारू समुदायका नेतासँग छ बुँदे सहमति गरेर समस्या समाधान गर्न खोजेको पनि ओलीको भनाइ थियो।

