Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा २ जना १६ किलो चरेससहित पक्राउ

0 26

धनगढी,१३ पुस । कैलालीमा १६ किलो चरेससहित दुई जना पक्राउ परेका छन् । आइतबार राति विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय  र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चुरे गाउँपालिकाको खानीडाँडाबाट चरेससहित मानिसलाई पक्राउ गरेको हो ।

बझाङबाट धनगढितर्फ आइरहेको  से१ज ७१८ को जिपको सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा चालक बझाङकै बुङगल नगरपालिका-११ का २८ वर्षीय  वीर बोहरा र ४० वर्षीय गमीलाल बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

gg 12 2
School
टिप्पणीहरू
Loading...