Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा हाइस दुर्घटना, १४ जना घाइते

0 167

अत्तरिया ३० फागुन/ डडेल्धुराबाट धनगढीका लागि छुटेको हाइस कैलालीमा दुर्घटना भएको छ। प्रहरीका अनुसार केआईसिंह राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका ४ बुढीतोला नजिक चौबिसे मोडमा बा२ख ३२३३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १४ जना घाइते भएका छन्।

हाइस चालक अमरगढी नगरपालिका २ का २६ वर्षीय सन्तोष ऐर, सहचालक गोदावरी नगरपालिका ८ का १७ वर्षीय राजेश ताम्राकार, हाइसमा सवार डडेल्धुराको नवदुर्गा गाउँपालिका ३ का ४० वर्षीय भक्तबहादुर कठायत, अमरगढी नगरपालिका १० का ३८ वर्षीय पद्मा कामी, १८ वर्षीया निर्मला कामी र सोही ठाउँका ६० वर्षीय लालबहादुर कामी घाइते भएका प्रहरीले बताएको छ।

त्यस्तै, कैलालीको चुरे गाउँपालिका १ का ३० वर्षीय लोकेन्द्र बोहोरा, ४ का ३५ वर्षीय हिमाल आलेमगर, ४० वर्षीय किशोर खप्तडीमगर, ३५ वर्षीय प्रेमबहादुर तैरामीमगर, ३४ वर्षीय हेमबहादुर विक, अछामको साँफेबगर नगरपालिका १० का ५० वर्षीय डम्मरबहादुर बडायक र पुर्चौडी नगरपालिका २ का ५२ वर्षीय चक्रबहादुर बम घाइते भएका छन्। घाइते सबैको पद्मा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

टिप्पणीहरू
Loading...