Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा सालको काठ सहित ३ जना प्रकाउ

0 149

जमुना न्युरे, कैलाली ।। कैलाली जिल्लाको गोदावरी पालिका वडा न ४ गोदावरी सामुदायिक बन उपभोक्ता समूह भित्र बाट ६ थान सालको रुख काटी रहेको अवस्थामा ३ जना प्रकाउ परेका छ्न ।सब डिभिजन वन कार्यालय अत्तरिया बाट गएको गस्ती टोलिले विशेष सुराकीको आधारमा सालको रुख काटी रहेको अवस्थामा उनिहरुलाइ पक्राउ गरेको हो ।

गस्ती टोलिले सामुदायिक वन भित्र सालको ढालापडा रहेका रुख काट्दै गर्दा गोदावरी नगरपालिका वडा २ तेघरिका ५४ वार्षिय पदम बहादुर जोरा , ५७ वर्षिय भाटुराम चौधरी र ३२ वार्षिय कृष्ण रोकाया लाई प्रकाउ गरेको सबडिभिजन वन कार्यलय अत्तरियाका प्रमुख निराजन कडालले जानकारी दिए ।

बरामत गरिएको काठ डिभिजन बन कार्यलय अत्तरिया मा राखिएको छ भने मान्छेलाइ थप अनुसन्धान र कारबाहीका लागि नियन्त्रणमा लिइ बन ऎन २०७६ अनुसार कारबाही गरिने समेत कडालले बताए ।

School
टिप्पणीहरू
Loading...