कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • कैलालीमा साढे दुई लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

    कैलालीमा साढे दुई लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने
    Spread the love

    कैलाली, २२ चैत । कैलालीमा साढे दुई लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गर्ने तयारी गरिएको छ ।
    विद्यालयहरुमा अभियान सञ्चालन गरेर बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गर्ने तयारी गरिएको हो । जिल्लामा केही पालिकाले भोलि (बुधबार) देखि खोप अभियान सञ्चालन गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसैगरी, केही पालिकाले चैत २५ गतेबाट सञ्चालन गर्ने तयारी गरेका छन् ।
    बालबालिकालाई टाइफाइड रोगबाट जोगाउनका लागि यो दिन लागिएको हो । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ‘प्रत्येक विद्यालयमा यो अभियान सञ्चालन हुनेछ’, उनले भने ।
    कैलालीमा पालिकाहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार टाइफाइडविरुद्धको खोप लगाउन पाइने उमेर समूहका बालबालिकाको सङ्ख्या दुई लाख ४९ हजार रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यो उमेर समूहका सबैलाई खोप लगाउनले लक्ष्य राखिएको छ ।
    टाइफाइडको सङ्क्रमण १५ वर्षमुनिका बालबालिकालाई सबैभन्दा बढी हुने भएकाले सरकारको नीति अनुसार टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । खोप लगाइ सकेपछि कतिपय बालबालिकालाई खोप लगाएको ठाउँमा रातो हुने, दुख्ने, हल्का ज्वरो आउने, बिमिरा आउने जस्ता असर देखिन सक्ने बताइएको छ । यस्ता असर देखिएमा नआत्तिन र गम्भीर असर देखा परेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
    नेपाल सरकारले वैशाख १५ गतेसम्म यो अभियान सञ्चालन गर्नु पर्ने समय सीमा तोके पनि विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर एक हप्तासम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने धामीले बताए । अभियान सफल पार्नका लागि कैलालीमा दुई हजार जनशक्ति खटाइने जनाइएको छ । हरेक विद्यालयमा एक स्वास्थ्यकर्मी, एक जना महिला स्वास्थ्य स्वयम् सेविका र एक जना विद्यालयका शिक्षिका अभियानमा खट्ने जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ‘बालबालिकालाई एक पटकमात्रै टाइफाइडविरुद्धको खोप दिए पुग्छ’, प्रमुख धामीले भने ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD