कैलालीमा सांस्कृतिक कार्यक्रमको रौनक, आज धुसर, कोंटातुल्सीपुर, लौसा, चर्रामा कार्यक्रम हुंदै
कैलाली, २० कार्तिक ।। हिन्दुहरुको दोस्रो ठुलो चाड शुभ दिपावलीको अवसरमा विभिन्न ठाऊँमा हिजो आज सांस्कृतिक कार्यक्रम हुनेत्रम चलि रहेको छ । वर्ष दिन पछिको एक पटक मात्र आउने चाड पर्वले गाउँघरमा चहलपहल हुनुका साथै रमाईलो गर्ने उदेश्यले प्रवर्द्धनात्मक कार्यक्रम हुने गरेका छन् । संस्कृति संरक्षणको नाममा थुप्रै स्थानहरुमा विभिन्न सांस्कृतिक कार्यक्रम चलिरहेका छन् ।

यस्तै जिल्लाको घोडाघोडी नगरपालिका ३ धुसरमा नेपालीहरुको महान पर्व शुभदिपावलीको अवसरमा आज सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘हमार भाषा, कला, संस्कृति हमार शान, थारु रिती, संस्कृति बचैना हमार अभियान’ भन्ने मुल नाराका साथ गोचाली युवा क्लवको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
विभिन्न साँस्कृतिक प्रस्तुतीहरुका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने कार्यक्रममा चर्चित थारु लोकगायक मनिराम चौधरी, गायिका समिक्षा चौधरी, सोनु कुश्मी, मोडलहरु शुसिला कार्की, रितु चौधरी, करिना चौधरी लगायतको फ्रस्तुती रहृने कार्यक्रम संचालक रोहित चौधरीले बताए । यस्तै कार्यत्रममा गायक गणेश चौधरी, जिवन चौधरी, के थारु, बसन्त महतो लगायतको प्रस्तुती रहृने आयोजकले जनाएको छ ।
घोडाघोडी नगरपालिका वार्ड नः ३ का वडा अध्यक्ष कमल थारुको प्रमुख आतिथ्यममा हुने कार्यक्रमको मूख्य प्रायोजक राजु अटोपार्टस सुखड र मिडिया पार्टनर कठरिया सन्देश अनलाइन रहेको कार्यक्रम संचालक रोहित चौधरीले बताए ।
यस्तै, ‘हम्मर कला, संस्कृति, भेषभुषा हम्मर पहिचान, प्रबर्द्धन कर्ना हम्मर अभियान’ भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका ६ कोटातुल्सिपुरमा दिया दिवारी सांस्कृतिक कार्यक्रम आज हुने भएको छ । कठरियन पोष्टको आयोजनामा हुने कार्यक्रममा थारु कलाकार सहित स्थानिय कलाकारहरुको प्रस्तुती रह्ने कठरियन पोष्टका संयोजक जनक कठरियाले बताए ।
यस्तै, भजनी नगरपालिका वडा नं. ७ चर्रामा पुरैना बाल क्लबको आयोजनामा सांस्कृतिक कार्यक्रम आज हुने भएको छ । बाल कलाकारहरुको बिशेष प्रस्तुती रह्ने कार्यक्रमको प्रमुख अतिथी सो वडाका वडाध्यक्ष अमर बहादुर कठरिया रह्ने आयोजकले जनाएको छ ।
त्यसैगरि कैलारी गाउँपालिका वडा नं. ८ लौसामा पनि आज दियादिबारी सांस्कृतिक कार्यक्रम आयोजना हुन लागेको जानकारी प्राप्त भएको छ । स्थानिय कलाकारहरुको प्रस्तुती रह्ने कार्यक्रममा मौलिक तथा सांस्कृतिक प्रस्तुती समेत रह्ने बताईको छ ।