कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • कैलालीमा श्रीमानको हत्यामा श्रीमती सहित चार जना पक्राउ

    कैलालीमा श्रीमानको हत्यामा श्रीमती सहित चार जना पक्राउ
    Spread the love

    धनगढी ३१ असोज, कैलालीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।प्रहरीले हत्याको घटना अनुसन्धानका लागि रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले शनिबार बिहान घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा मृत अवस्थामा फेला परेका चौधरीको हत्या गरिएको खुलेको जानकारी दिए ।

    शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको पाइएपछि प्रहरीले संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन । मृतक चौधरीका तीन वर्षीय छोरा छन् ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD