कैलाली, ७ श्रावण ।। कैलालीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि भएको छ । जिल्लामा गत बर्षको तुलनामा यस बर्ष दोब्बरले राहदानी लिएका हुन ।
आर्थीक बर्ष २०७८/०७९ मा ५ हजार ५ सय १४ जनाले राहदानी लिएकोमा गत आर्थीक बर्ष २०७९/०८० मा १० हजार ४ सय ६१ पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा २ हजार एक सय ८१ जनाले मात्रै राहदानी लिएका थिए ।
पछिल्लो समय जिल्लाबाटै राहदानी बनाउन सजिलो हुन थालेपछि राहदानी लिनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन ।

