Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा युवक हत्या प्रकरणः शंकास्पद एक जना पक्राउ

0 19

धनगढी,४ पुस । कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर विभत्स हत्या गरिएको घटनामा प्रहरीले शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको छ। घटनापछि लुकेर बसेका एकजनालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

अनुसन्धान प्रभावित हुन सक्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन। घटनापछि भएको फोन संवादको अडियो प्राप्त गरेको प्रहरीले त्यही अडियोका आधारमा अनुसन्धान अगाडि बढाएको छ। 

जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी छिनालेर हत्या भएको हो। स्थानीय अमरावती सामुदायिक वनको जंगलमा शरीर कपडाले रुखमा बाँधेको र घाँटी छिनालेर टाउको अलग पारिएको अवस्थामा शनिबार दिउँसो दासको शव फेला परेको थियो।

टिप्पणीहरू
Loading...