Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा महिला तथा आप्रवासीहरुको आर्थिक पुनः स्थापनाका लागि कृषि तथा ब्यवसायिक सामाग्री सहयोग

0 101

यज्ञराज जैशी, भजनी, ३१ श्रावण ।। कैलालीमा महिला तथा आप्रवासीहरुको आर्थिक पुनः स्थापनाका लागि कृषि तथा ब्यवसायिक सामाग्री सहयोग गरिएको छ । अष्ट्रेलियन सरकारको बैदेशिक मामिला तथा ब्यापार बिभागको आर्थिक सहयोग वर्ल्डभिजन इन्टरनेश्नल र दिगो विकास समाज भजनीको साझेदारीमा संचालित महिला तथा आप्रवासीहरुको आर्थिक पुनः स्थापना परियोजना अन्तर्गत सो सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा टिकापुर नगरपालिकाका २० र भजनी नगरपालिकाका १५ अपाङ्गता भएका घरधुरि, एकल महिला, महिला उद्यमी, जोखिममा परेका महिलाहरुलाई सो सामाग्री बितरण गरिएको हो ।

तरकारी खेति, च्याउ खेति र नास्ता पसल संचालनका लागि आवश्यक पर्ने सामाग्रीहरु दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनार र भजनी नगरपालिका वडा नं. १ का वडा सदस्य फुल राम चौधरीले संयुक्त रुपमा सहभागिहरुलाई हस्तान्तरण गरेका हुन् ।

उक्त परियोजना अर्न्तगत घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका ३८ जना महिलाहरुलाई कृषि तथा ब्यवसायिक सामाग्री यसअघि नै बितरण सम्पन्न भैसकेको छ ।

School
टिप्पणीहरू
Loading...