कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • कैलालीमा मदिरा बिक्रि वितरणमा आज देखि रोक

    कैलालीमा मदिरा बिक्रि वितरणमा आज देखि रोक
    Spread the love

    धनगढी, २१ कात्तिक । कैलालीमा मदिरा बिक्रि वितरणमा आजदेखि रोक लगाइएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले आइतबार रातिदेखि मदिरा बिक्रि वितरणमा रोक लगाएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

    जोशीकाअनुसार अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मर्यादित, स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न तथा आचारसंहितालाई पालन गराउन मतदानको १५ दिन अघि बिक्रि वितरण र सेवन रोक्न गृहले निर्देशन दिएको थियो ।

    सोहीअनुसार कैलालीमा पनि आइतबार राति १२ बजेदेखि मदिरा बिक्रि, वितरण र सेवनमा रोक लगाइएको बताउदै जोशीले निषेध गरिएको काम गरेको भेटिए कानून बमोजिम कारवाही गरिने जनाए ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD