Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा बस र ट्रक ठाेक्किदा १४ जना घाईते, सबैकाे परिचय खुल्याे

0 282

पहलमानपुर, ९ असार ।। कैलालीमा बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प प्र ०१००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको म १ ख ९०९ नम्बरको बस एक आपसमा ठोक्किदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

घाइते हुनेहरुमा ५० बर्षीय बस चालक तेज सिंह ठगुन्ना, जानकी ५ का ट्रक चालक बाल कृष्ण चौधरी, घोडाघोडी १ बस्ने ५१ बर्षीय प्रेमलाल चौधरी, घोडाघोडी १० बस्ने २३ बर्षीया चित्रा शाही, सोही ठाँउका २१ बर्षीय कपेश शाही, टिकापुर १ बस्ने २५ बर्षीया कमला रावल (भन्डारी), उनका ४ बर्षीय छोरा एलन भन्डारी, टिकापुर १५ बस्ने ४१ बर्षीया यशोदा कठायत, टिकापुर ३ बस्ने ३५ बर्षीया पुष्पा श्रीपाली, उनका १० बर्षीय छोरा जोन श्रीपाली, गोदावरी २ तेघरी बस्ने ४० बर्षीय विर्ख बहादुर रानामगर, मोहन्याल बस्ने २५ बर्षीया विना चन्द, उनकी १ बर्षीया छोरी सरस्वती चन्द, बर्दिया राजापुर ३ बस्ने २२ बर्षीय सुस्मा चौधरी, सोही ठाँउ बस्ने कायरन चौधरी र सुर्खेतको विरेन्दरनगर घर भएका ७० बर्षीय मोति मिजारा घाईते भएका छन । घाइते सबैको अहिले घोडाघोडी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

School
टिप्पणीहरू
Loading...