Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा देहव्यापारले लियो एक जनाको ज्यान

0 198

लोकु सिंह ठकुरी,धनगढी, २८ मंसिर ।। कैलालीमा देहव्यापारका कारण एक जनाको ज्यान गएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा खुल्लेयाम भइरहेको देहव्यापारले स्थानीय लालबहादुर बोहराको ज्यान गएको हो । 

देहव्यापारमा आएका भारतीय ग्राहकले आइतबार राती उनलाई निर्घात कुटपिट गरेका थिए । स्थानीय व्यापारी समेत रहेका बोहराको आफ्नो पसल अघि भारतीय नम्बर प्लेटको कार पार्किङ गर्न थाले पनि उनले अवरोध गरेका थिए । त्यही क्रममा मदिराले लट्ठिएका दुई जना भारतीयले उनलाई निर्घात कुटपिट गरी फरार छन् । कुटाइबाट गम्भीर घाइते भएका बोहराको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा दुई जना नेपाली भने पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २९ का सुरेन्द्र डगौरा थारु र सोही ठाउँ बस्ने वर्ष ३२ का श्रवण चौधरी आफ्नो नियन्त्रणमा रहेको र फरारहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

यो पटक ज्यानै गए पनि यस भन्दा अघि यस्ता घटना नभएका होइनन् । मौलाउँदो देहव्यापारले हुने भिडभाडले कुटपिट, चोरी डकैती, लुटपाट, लागूपदार्थ खरिद बिक्री तथा सेवन लगायतका गतिविधिहरू विगत देखी नै निरन्तर छन् । तर प्रहरीले भने होटेल समयमा बन्द गर्ने आदेश दिन बाहेक माखो मार्न सकेको छैन । विकृति मौलाउँदै समाज नै समस्यामा पर्दा पनि स्थानीय सरकार समेत मुख दर्शक बनेको छ । स्थानीयहरू देहव्यापार बन्द हुनुपर्ने आवाज उठाउने गरे पनि गतिलो रूपमा अगुवाइ गर्न सकेका छैनन् । 

School
टिप्पणीहरू
Loading...