Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा छोराको नागरिकता बनाउन पालो पर्खेर लाइनमा बसेकी एक महिलाको मृत्यु

0 9

कार्तिक, ९ कैलाली ।। कैलालीमा छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी महिलाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका १२ कि सिता देवी चौधरीको मङ्गलवार छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर लाइनमै बसेका बेला बेहोस भई ढल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

छोराको नागरिकता बनाउने क्रममा लाइनमा पालो कुरेर बसी रहेकी चौधरी एक्कासि बेहोस भएर ढल्दा मृत्यु भएको छ, इ प्र का सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले भने , ”उनी विगत दुई वर्ष देखि सिकलसेल रोगको बिरामी थिइन , घोडाघोडी अस्पतालमा दुई वर्ष देखि उनको उपचार भइरहेको जानकारीमा आएको छ।” दीर्घ रोगका कारण उनको मृत्यु भएको पुष्टि पछि चौधरीको शव परिवार लाई बुझाइएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 

सुखड स्थित इलाका प्रशासन कार्यालयमा सधैँ जसो सेवाग्राहीको भिड लाग्ने गर्दछ । नागरिकता तथा राहदानी बनाउनेको सधैँ जसो भिड हुने इलाका प्रशासन कार्यालय सुखडमा सेवाग्राहीले घण्टौँ सम्म लाइन मैँ बस्नुपर्ने बाध्यता झेल्दै आएका छन् । इप्रका सुखडले घोडाघोडी नगरपालिका , गौरीगंगा नगरपालिका , मोहन्याल गाउँपालिका र बर्दगोरीया गाउँपालिका गरी ४ ओटा पालीकाका नागरिकलाई सेवा दिँदै आएको छ । 

टिप्पणीहरू
Loading...