Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा घाँटी रेटेर एक युवकको हत्या

0 31

कैलाली, ३ पौष ।। कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ । जिल्लाको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा सोही ठाउँका २५ वर्षीय अरुण दास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा दासको शव फेला परेको जानकारी दिए । शनिबार बिहान घरबाट निस्किएका उनी दिउँसो करीब पौने ४ बजेको समयमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश अनुुुसन्धान समूह (आरआइटी) को टोली तालिम प्राप्त कुुकरसहित परिचालन गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । अहिले घटनास्थल सिल गरेर अनुुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

School
टिप्पणीहरू
Loading...